घिरिङ । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो ।
गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार तीन सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गङ्गा कुमालले तीन हजार पाँच सय ५४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए।
उपाध्यक्षमा नेकपा एमालेकै राधादेवी अधिकारी चार हजार चार सय ८१ मत प्राप्त गरी विजयी भएकी छन् । नेपाली काङग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाल दुई हजार सात सय ४७ मत प्राप्त गरेका छन् ।
घिरिङ गाउँपालिकाको ५ वटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ ।
नेपाली काङ्ग्रेसबाट घिरिङ–१ को अध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गर्नुभएको छ भने नेकपा एमालेबाट २ को अध्यक्षमा नरबहादुर थापा, ३ को अध्यक्षमा तहलसिं थापा र ४ को अध्यक्षमा भिमबहादुर कुमालले विजय हासिल गरेका छन् ।