देवघाट गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेस, उपाध्यक्षमा माओवादी विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेस, उपाध्यक्षमा माओवादी विजयी

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    देवघाट । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा नेपाली काङ्ग्रेसका तिलबहादुर थापा चार हजार तीन सय छ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले तीन हजार चार सय ८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए।

    उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिं गुरुङ तीन हजार सात सय २१ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा (एमाले) का सावित्री न्यौपानेले तीन हजार चार सय ६७ मत प्राप्त गरे ।

    कूल १२ हजार आठ सय १५ मतदातामध्ये गाउँपालिकामा आठ हजार छ सय ४७ मत खसेको थियो ।

    पाँच वटा वडामध्ये देवघाटमा नेपाली काङ्ग्रेसले तीन र नेकपा (एमाले) ले दुई वटा वडामा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले देवघाट वडा नम्बर २, ३ र ५ जितेको छ भने नेकपा (एमाले) ले १ र ४ वडा जितेको छ ।