एपेक्स मलमा अर्किडस एमबिओको व्यवसाय सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एपेक्स मलमा अर्किडस एमबिओको व्यवसाय सुरु

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०७९, आईतवार

    दमाैली । विभिन्न अन्तराष्ट्रिय ब्राण्डका कपडाहरुको स्टोर अर्किडस एमबिओ (मल्टी ब्राण्डेड आउटलेटस्)ले दमौलीमा व्यवसाय सुरु गरेको छ । बालबालिका, महिला र पुरुषलाई लक्षित गरी अन्तराष्ट्रिय ब्राण्डका कपडाहरु राखिएको उक्त स्टोरले आइतबारदेखि एपेक्स मल दमौलीमा व्यवसाय सुरु गरेको हो ।

    मलको ग्राउण्ड फ्लोरमा सञ्चालित स्टोरको एक कार्यक्रमका बीच एपेक्स मलका प्रमुख कार्यकारी अधिकृत सुशील न्यौपानेले शुभारम्भ गरे ।

    सो अवसरमा उनले दमौलीमा नयाँ व्यवसाय सञ्चालन गर्ने अभियानमा एपेक्स मल अगाडि बढीरहेको चर्चा गर्दै अर्किडस् एमबिओको शुभारम्भ त्यसैको एउटा हिस्सा भएको बताए ।
    देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अर्किडस् एमबिओले व्यवसाय अगाडि बढाइरहेको उल्लेख गर्दै स्टोरका प्रबन्ध निर्देशक मुकेशकुमार शाहले दमौलीमा व्यवसाय सुरु गर्न पाउदा खुशी लागेको बताए ।

    स्टोर सञ्चालनको प्रारम्भिक दिनहरुमा ग्राहकहरुलाई कपडा खरिदमा १५ प्रतिशत छुट प्रदान गरिने स्टोरका स्थानीय प्रमुख आग्या जोशीले बताए ।