दमाैली । नेपाली कांग्रेस तनहुँका सदस्य डम्बर बहादुर अधिकारीले जिल्लाका स्थानीय तहहरुले कार्यपालिका बैठक लाइभ गर्नुपर्ने माग गरेका छन् । त्यसको सुरुवात व्यास नगरपालिकाबाट हुनुपर्ने जिल्ला सदस्य अधिकारीको भनाई रहेको छ ।
जनताले चुनेर पठाएका जनप्रतिनिधिलेहरुले गाउँ तथा नगरवासीकाे हितमा के आवाज उठाएका छन् भनेर जान्न पाउने नैसर्गिक अधिकार भएको हुँदा बैठक लाईभ गर्नुपर्ने उनले बताए । अधिकारीको यो मागलाई जिल्लाबासीले सकारात्मक रुपमा लिएका छन् ।