आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन हुने

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७९, आईतवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आजदेखि उक्त अवरोध हटाइएको हो ।

    रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आजदेखि उक्त अवरोध हटाएर रातिको समयमा पनि सानाठूला र हेभी सवारी साधनहरु समेत सञ्चालन गर्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

    तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचना अनुसार नै बन्द रहने प्रशासन कार्यालयले जनाएको छ ।