नेपाल युनेस्को सङ्घसंस्था तथा क्लवको राष्ट्रिय अध्यक्षमा त्रिपाठी, उपाध्यक्षमा तनहुँकै काफ्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल युनेस्को सङ्घसंस्था तथा क्लवको राष्ट्रिय अध्यक्षमा त्रिपाठी, उपाध्यक्षमा तनहुँकै काफ्ले

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७९, आईतवार

    दमाैली । नेपाल युनेस्को सङ्घसंस्था तथा क्लवको राष्ट्रिय अध्यक्षमा आनन्दराज त्रिपाठी निर्विरोध निर्वाचित भएका छन् । तनहुँको भानु नगरपालिका–३ मा आइतबार सम्पन्न १२ औं महाधिवेशनबाट त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

    त्रिपाठी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । उनी भानु नगरपालिकाको प्रमुख समेत हुन् ।

    महाधिवेशनबाट सहअध्यक्षमा दीपक सरकार, वरिष्ठ उपाध्यक्षमा महेश्वरप्रसाद शर्मा, उपाध्यक्षमा हेमकुमार कार्की, अनिल सिलवाल, खड्कबहादुर बुढा, प्रदीप काफ्ले, चक्रबहादुर राउत, पार्थी सरकार, कल्पना खड्का र प्रशान्त जोशी चयन भएका छन् ।

    महासचिवमा युवराज न्यौपाने, उपमहासचिवमा रामनाथ मैनाली, राजकुमार केसी, कोषाध्यक्षमा विकास लामा गुरुङ, सहकोषाध्यक्षमा कुमुदा नेपाल चयन भएका छन् ।

    सदस्यहरुमा पदमा योगी, प्रदीपराज अधिकारी, वर्षा पाण्डे, सिद्धेश्वर बोगटी, निश्चल बानियाँ, निलिमा बस्नेत, सुवासचन्द्र दाहाल, अनुज कार्की, रवि तुलाधार, महेश भण्डारी, हेमन्त पाण्डे चयन भएका छन् ।

    महाधिवेशनले सातवटै प्रदेश अध्यक्ष समेत तोकेको छ । जसअनुसार प्रदेश नम्बर १ को अध्यक्षमा दिवस राजवंशी, बागमतीको अध्यक्षमा विकास अधिकारी, गण्डकीको अध्यक्षमा रविन्द्रराज जोशी, लुम्बिनीको अध्यक्षमा सुवास गैह्रे, कर्णाली प्रदेशको अध्यक्षमा प्रकाश भण्डारी र सुदुरपश्चिम अध्यक्षमा अन्जु भट्ट चयन भएका छन ।