दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट स्कुटर चोरेर भागेका सन्दिप आचार्य विरुद्ध तनहुँ अदालतबाट म्याद थप गरिएको छ ।
व्यास नगरपालिका-१० शेवरबाट स्कुटर सहित पक्राउ परेका गोरखाका आचार्य विरुद्ध तनहुँ अदालतबाट सोमबार १२ दिनको म्याद थप गरिएको हो ।
शुक्लागण्डकी-४ स्थित पूर्णमाया श्रेष्ठको घर अगाडी रोकिराखेको घारि निवासी शुष्मा श्रेष्ठरो नाउँमा दर्ता रहेको ग १८ प ४७२५ नम्बरको स्कुटर गत जेठ १६ गते चोरी भएको थियो ।