चितुवाको आक्रमणबाट मृत्यु बालकको परिवारलाई राहत प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितुवाको आक्रमणबाट मृत्यु बालकको परिवारलाई राहत प्रदान

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७९, बुधबार

    दमौली । चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको बन्दीपुर गाउँपालिका-१ बोडीस्वाराका पॉच वर्षीय बालकका परिवारलाई राहत रकम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले किरिया खर्च बापत बालकका परिवारलाई राहत रकम प्रदान गरेको हो।

    सहायक वन अधिकृत दयानिधी अर्याल, काशीराज पण्डितले मृतक बालकका बुबा प्रेम बगाले थापालाई ५० हजार प्रदान गरेका हुन् ।

    चितुवाको आक्रमणबाट मृत्यु भएमा दश लाख राहत दिने प्रावधान अनुसार तत्कालै ५० हजार उपलब्ध गराइएको र बॉकी ९ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने पण्डितले जानकारी दिए ।