दमौली । म्याग्दे गाउँपालिकाले गरेको कर्मचारी बढुवा लोक सेवा आयोगले खारेज गरेको हो । गाउँपालिकाले गत वर्ष तीन जना कर्मचारीको बढुवा गरेकामा प्रदेश लोक सेवा आयोगले उक्त बढुवा बदर गरेको हो ।
गाउँपालिकाले गत वर्षको असोज १५ गते गाउँसभाबाट ऐन बनाएर कर्मचारी बढुवा गरेको थियो । शिवप्रसाद ढुंगानालाई सव इन्जिनियरबाट इन्जिनियर, शिवजी थापालाई लेखापालबाट लेखा अधिकृतमा र रमा श्रेष्ठलाई सहायक स्तर चौथोबाट पॉचौमा बढुवा गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले कर्मचारीको बढुवा बदर भएको चिठी आइपुगेको जानकारी दिए । ‘लोकसेवाको पत्र आएको छ, आयोगसँग परामर्श गर्छौ,’ उनले भने ।
गाउँपालिकाकै कर्मचारी भिम सुवेदी र मोहनसिं खड्काले आफूहरु पनि बढुवा हुनुपर्ने माग सहित उच्च अदालतमा दायर गरेको मुद्धा विचाराधीन छ ।