१९ बुँदे माग सहित राप्रपा तनहुँले बुझायो ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    १९ बुँदे माग सहित राप्रपा तनहुँले बुझायो ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७९, बुधबार

    दमाैली । १९ बुँदे माग सहित राप्रपा तनहुँले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण, किसानलाई समयमा नै मल र बीउ उपलब्ध गराउनुपने लगायतका जनजीविाकसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुका साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र समृद्धिको निमित्त राप्रपाले प्रमुख जिल्ला अधिकारी मार्फत् बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

    राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बुझाएको ज्ञापनपत्रमा तत्काल किसानलाई मल र बीउ उपलब्ध गराउन, महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न, इम्बोष्ड नम्बर प्लेटसँग भाषाको कुरा, सुरक्षाको कुरा, लागतको कुरा, कमिसन र भ्रष्टचारको कुरा समेत जोडिएकाले यसको खारेज गर्न माग गरिएको छ ।