लागुऔषध कारोवारको अभियोगमा दमाैलीबाट दुई युवती पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लागुऔषध कारोवारको अभियोगमा दमाैलीबाट दुई युवती पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७९, बुधबार

    दमाैली । लागुऔषध कारोवारको अभियोगमा तनहुँको व्यास नगरपालिका–४ साँखरटोलबाट दुई युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२२ घर भई डेरा गरी बस्ने २२ वर्षीय सुजा गुरुङ र नवलपरासी बर्दघाट नगरपालिका–१४ घर भई सोही ठाउँमा डेरा गरी बस्ने २१ वर्षीय रिस्पा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    लागुऔषधको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । प्रहरीले निजहरुको सुत्ने बस्ने डेरा कोठा खानतलासी गर्दा डाईजेपामको एम्पुल ७०, फेनेरागनको एम्पुल ७१ र नुफिनको एम्पुल ७० एम्पुल गरी जम्मा दुई सय ११ एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ ।

    यस्तै नगद २९ हजार सात सय, मोबाइल सेट थान दुई र प्रयोग नभएको दुई थान सिरिन्ज समेत बरामद गरेको छ । पक्राउ परेका विरुद्ध बुधबार तनहुँ अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्याद थप गरिएको छ ।