चितुवा नियन्त्रणका लागि बन्दीपुरमा तेस्रो खोर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितुवा नियन्त्रणका लागि बन्दीपुरमा तेस्रो खोर

    खबरपुञ्ज संवाददाता

    १ असार २०७९, बिहीबार

    दमौली । तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट चार दिनमा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भए । साथै एक महिलामाथि आक्रमणको प्रयास भयो ।

    मानिसमाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि खोर राखिएपनि खोरमा चितुवा पर्न सकेको छैन । यद्यपि खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास जारी छ ।

    यसैक्रममा बिहीबार बन्दीपुर-१ छापमा पनि खोर राखिएको छ । यसअघि सोही वडाको प्युघर र बागदलेमा पनि खोर राखिएको थियो ।