कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार

    खबरपुञ्ज संवाददाता

    २ असार २०७९, शुक्रबार

    पाल्पा । कालीगण्डकी नदीमा र्याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा ¥याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुङ्गा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए ।

    डुङ्गा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । स्थानीयवासी र डुङ्गा चालकले बेपत्ताको उद्धार गरेका हुन् । वर्षायाम सुरु भएकाले डुङ्गा नचलाउन सुझाव दिएको उनले बताए ।