नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौताका लागि मन्त्रिपरिषद्बाट स्वीकृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौताका लागि मन्त्रिपरिषद्बाट स्वीकृत

    खबरपुञ्ज संवाददाता

    २ असार २०७९, शुक्रबार

    काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउनका लागि श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको हो । 

    बेलायत सरकारले माग गरेअनुसार १० हजार नर्सिङ जनशक्ति पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको छ । पहिलो चरणमा पाइलट बेसमा डेढ सय नर्स पठाउने तयारी भइरहेको श्रममन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए।