दमौली । दमौलीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय सामाजिक संस्था एलायन्स क्लब अफ तनहुँको सन् २०२२/२३ को लागि अध्यक्ष पदमा विनय राउत चयन भएका छन् । क्लवको बैठकले सर्वसम्मतिमा राउतलाई अध्यक्षमा चयन गरेको हो ।
सन् २०२२/२३ का लागि अन्य पदहरुमा प्रथम उपाध्यक्ष अजित पन्थ, द्धितिय उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिव जोहर मिया, कोषाध्यक्ष सुशासन अधिकारी, सहसचिव सुमिन मिश्र, सहकोषाध्यक्ष केसवती दुरा, जनसम्पर्क अधिकारी साने बहादुर नेपाली, क्लव सर्भिस डाइरेक्टर मिलेन्द्र लाल श्रेष्ठ, स्वास्थ्य विभाग प्रमुख कृष्ण गिरी, प्रमोसन अफिसर अर्जुन पौडेल, मेम्बरसिप ग्रोथ अफिसर सञ्जित खनाल, फेलोसिप अफिसर होमनाथ सुवेदी र सम्पादक सुसान पन्थ रहेका छन् ।
क्लबले धार्मिक स्थलहरुको सरसफाई, गौसंरक्षण केन्द्र पुगेर गाइलाई दाना खुवाउने, मानसिक रोगीको लागि हेरचाहको लागि पहल गर्ने, आर्थिक अवस्था कमजोर छात्रछात्राहरुलाई स्टेशनरी, पोशाक सहयोग गर्ने जस्ता कार्य गरेको क्लवका पूर्व अध्यक्ष सुदिप पौडेले बताए ।
वर्ष २०२२/२३ का नव नियुक्त अध्यक्ष विनय राउतले आगामी दिनहरुमा युवाहरुलाई लक्षित गरि नेतृत्वविकास तालिम लगायत सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने बताएका छन् ।