लोकसेवाले बदर गरेको कर्मचारी पुनः बढुवाका लागि आयोगसँग परामर्श गर्ने व्यासको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लोकसेवाले बदर गरेको कर्मचारी पुनः बढुवाका लागि आयोगसँग परामर्श गर्ने व्यासको निर्णय

    खबरपुञ्ज संवाददाता

    २ असार २०७९, शुक्रबार

    दमाैली । प्रदेश लोक सेवा आयोगले बदर गरेको कर्मचारी बढुवाका लागि आयोगसँग परामर्श गर्ने व्यास नगरपालिकाले निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आयोगबाट बदर भएका १८ कर्मचारीको पुनः बढुवाका लागि आयोगसँग परामर्श गर्ने निर्णय गरेको हो ।

    लोक सेवा आयोगबाट प्राप्त स्थानीय तहका कर्मचारी समायोजन, स्तरवृद्धि सम्बन्धी परिपत्रका बारेमा छलफल गरि प्रकृयालाई पूर्णता दिन प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ९(५)(क)(ख) बमोजिम गण्डकी प्रदेश लोक सेवा आयोगसँग परामर्श गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले कर्मचारी बढुवा गर्दा आयोगको परामर्श लिनुपर्नेमा आयोगको परामर्श बिना नै नगरपालिकाले कर्मचारी बढुवा गरेको थियो । नगरपालिकाले सातौ तहबाट आठौ तहको अधिकृतमा राजेन्द्र कार्की र कुमारकञ्चन जिसीको बढुवा गरेको थियो । छैटौबाट सातौ तहको अधिकृतमा मेघराज आचार्य, गोकर्णराज वाग्ले, रविन्द्रलाल मूल, कृष्णराज घिमिरे र रामचन्द्र हड्खलेको बढुवा भएको थियो ।

    त्यस्तै सहायक स्तर पाँचौबाट अधिकृतस्तर छैटोमा भेषराज तिवारी, विनोद गौतम, व्यास–५ का वडा सचिव विश्व पौडेलको बढुवा भएको थियो । यसैगरी चौथोबाट पाँचौ स्तरमा व्यास–१३ का सचिव विष्णु जोशी, यमप्रसाद पौडेल र तिलकुमारी शाहीको बढुवा भएको थियो ।