शुक्लागण्डकीका जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण

    खबरपुञ्ज संवाददाता

    २ असार २०७९, शुक्रबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने अभिमुखीकरण सुरु भएको छ । शुक्रबारदेखी सुरु भएको अभिमुखीकरण शनिबारसम्म चल्नेछ ।
    पहिलो दिन शुक्रबार ६ वडाका जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गरिएको छ । शनिबार बाँकी ६ वडाका जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गरिनेछ ।

    पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदीसँगै शुक्लागण्डकी नगरपालिकाका शाखा प्रमुखहरुले सहजीकरण गरेका छन् ।जनप्रतिनिधि र कर्मचारीलाई सहजीकरण गर्दै डा.सुवेदीले स्थानीय तहका जनप्रतिनिधिलाई यसपाली अधिकार छैन् भनेर काम नगरी बस्न छुट नभएको बताए । ‘स्थानीय सरकारलाई वायुपंखी घोडा जसरी दौडाउनुपर्नेछ’, उनले भने ।

    अभिमुखीकरणको उद्घाटनमा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले नगरपालिकालाई सुशासनयुक्त बनाउन अभिमुखीकरणले सघाउने बताए । ‘जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर नभएसम्म शुसासन कायम हुदैन्’, उनले भने ।

    उपप्रमुख खुमबहादुर विक (राजु) ले संघ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नै सुर गर्दा संघियता प्रभावकारी नहुने बताए । संघियतालाई सफल बनाउन तीन तहका सरकारको तालमेल आवश्यक रहेको उनको भनाई छ । संघियतालाई सफल पार्न जनप्रतिनिधि र कर्मचारीको पनि समन्वय हुनपर्ने विकले बताए । ‘जनप्रतिनिधि र कर्मचारी समन्वय गरेर अगाडी बढे मात्रै समृद्धी हासिल गर्न सकिन्छ’, उनले भने ।

    अभिमुखीकरणले जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार बारे स्पष्ट पार्ने प्रमुख प्रशासकिय अधिकृत लिलावल्लव न्यौपानेले बताए । योजना निर्माणको बेला भएकाले व्यवस्थित बजेट विनियोजन र प्रभावकारी योजना बनाउन सघाउने उनको विश्वास छ ।