भूमिहिन सुकुम्बासी पहिचान र प्रमाणीकरणको काम अगाडी बढाउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमिहिन सुकुम्बासी पहिचान र प्रमाणीकरणको काम अगाडी बढाउन माग

    खबरपुञ्ज संवाददाता

    ११ असार २०७९, आईतवार

    दमाैली । नेपाल भूमिहिन सुकुम्बासी सङ्गठन तनहुँले भूमिहिन सुकुम्बासी पहिचान र प्रमाणीकरणको कामलाई अगाडी बढाउन माग गरेको छ । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै सङ्गठनले अघिल्लो आयोगले लिएको आवेदन फारम अनुसार काम अगाडी बढाउन, नापनक्सा गरी भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थितलाई व्यवस्थित गराउने कुरामा ध्यान दिन माग गरेको हो ।

    सङ्गठनका अध्यक्ष अर्जुन सेन्चुरीले बुझाएको ज्ञापनपत्रमा आयोग पुर्नगठन भएको एक वर्ष बितिसिक्दा पनि काम हुन नसकेको भन्दै कामलाई गति दिन आग्रह गरिएको छ ।

    विसं २०७६ साल चैत १२ गते गठन भएको तत्कालिन आयोगले स्थानीय पालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने क्रममा तनहुँ जिल्लाभर एक हजार एक सय ७० भूमिहिन दलित, एक हजार चार सय पाँच भूमिहिन सुकुम्बासी, २४ हजार अव्यवस्थित बसोबासी घरपरिवारले निवेदन दिएपनि काम अगाडी बढ्न नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।