म्याग्दे । म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष ०७९।०८० को बजेट पुस्तिका (रातो किताब) सार्वजनिक गरिएको छ । गाउँपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त पुस्तिका सार्वजनिक गरेका हुन् ।
गाउँसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम समावेश गरिएको पुस्तिका सार्वजनिक गरिएको हो।
सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने म्याग्दे गाउँपालिकाभित्रका व्यक्तिलाई सम्मान समेत गरिएको छ । पुस्तिकामा गण्डकी प्रदेश सरकारबाट स्वीकृत भएका योजना पनि समावेश छ ।