भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न : अध्यक्ष श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न : अध्यक्ष श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७९, शनिबार

    म्याग्दे । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आफूले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताएका छन् । जनताले जिताएर पठाएको प्रतिनिधि भएकाले जनताको शिर झुक्ने काम नगर्ने श्रेष्ठले बताए । आफूबाट भ्रष्टाचार नहुने र गलत काम गर्न खोज्नेलाई नछाड्ने उनको भनाई थियो ।

    म्याग्दे गाउँपालिका वडा नम्बर १ को बाख्रेमा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । साविक जामुने गाविस हुँदा पनि आफुले यस क्षेत्रको गरिव, उत्पीडित र दलित समुदायको उठानका लागि बोलेको तर सोचेअनुरुप यस क्षेत्रको विकास नभएको उनले बताए ।

    हरेक क्षेत्रमा राजनीति हुँदा आएको बजेटमा काम नहुने, भएता पनि बजेटमा दुरुपयोग भएको हुँदा विकासमा पछाडी परेको उनको भनाई थियो । आफू सधै गरिब र पिछडिएको वर्गको साथमा रहेको हुँदा आफूले सकेको विकास निर्माण र जनस्तरको विकासमा ध्यान दिने उनले बताए ।

    वडाध्यक्ष मणिभद्र वाग्लेले जनताको सेवक भएर काम गर्नका आफू सदैव प्रतिबद्ध रहेको बताए ।