दुलेगौडा । शुक्लागण्डकी नगरपालिका-६ स्थित खैरेनी माविकी छात्रा सुलोचना सुवेदी सामुदायिक विद्यालयतर्फ छात्रामा प्रथम भएको दावी गरिएको छ।
विद्यालयका प्रअ बोधराज ढकालले छात्रा सुवेदीले बुधबार सार्वजनिक भएको एसइइ परीक्षाको नतिजामा ३.८५ जिपिए सहित सामुदायिक विद्यालय तर्फ जिल्लाकै प्रथम भएको दावी गरे ।
सुवेदीले प्राप्त गरेको जिपिएलाई उछिन्ने नतिजा अन्य सामुदायिक विद्यालयबाट दाबी नभएकोले सुवेदी नै जिल्ला प्रथम भएको ढकालले दाबी गरे ।
यसैगरि यस वर्षको एसइइ परीक्षामा समग्र जिल्लाभर भने ब्राइटफ्युचर
अङग्रेजी माविका विद्यार्थी डेककुमार श्रेष्ठ (सविन) प्रथम हुन सफल भएको दावी गरिएको छ । उनले ३.९५ जिपिए प्राप्त गरेका छन् ।