बेलडाँडा हरितपार्कमा लायन्स क्लव म्याग्देको वृक्षारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    बेलडाँडा हरितपार्कमा लायन्स क्लव म्याग्देको वृक्षारोपण

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७९, आईतवार

    दमाैली । लायन्स क्लव अफ म्याग्देले बेलडाँडा हरितपार्कमा आइतबार वृक्षारोपण गरेको छ । क्लवले म्याग्दे गाउँपालिका–१ स्थित बेलडाँडा हरितपार्कमा वृक्षारोपण गरेको हो ।

    सोक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको क्लवका अध्यक्ष सुन्दरमणि अधिकारीले जानकारी दिए । वृक्षारोपणमा म्याग्दे–१ का वडाध्यक्ष मणिभद्र वाग्ले, लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ एल नेपाल जोन ५ का चियरपर्सन सुजित हिराचन लगायतको सहभागिता थियो ।