दमौली । विपी विचार समाज तनहुँको अध्यक्षमा हरिशरण पण्डित चयन भएका छन् । समाजको बिहीबार सम्पन्न १२ औ साधारणसभा तथा छैटौ अधिवेशनबाट पण्डितको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।
समाजको उपसभापतिमा क्या. रेशमबहादुर गुरुङ, सचिवमा कमलभक्त पोख्रेल, कोषाध्यक्षमा भिमकुमार श्रेष्ठ र सहसचिवमा केशमाया गुरुङ (केशु) चयन भएका छन् । सदस्यहरु पछि मनोनित गरिने समाजले जनाएको छ ।
विपी विचार समाजमालाई पालिका हुँदै सबै वडामा विस्तार गरिने सभापति पण्डितले बताए ।