श्रम शिक्षा सम्बन्धि अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रम शिक्षा सम्बन्धि अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७९, शनिबार

    दुलेगौंडा : तनहुँका होटल व्यवसायीसँग श्रम शिक्षा सम्बन्धि अन्तरक्रिया गरिएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजनामा शुक्लागण्डकी नगपालिकामा शनिबार श्रम शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले होटल व्यवासायीलाई बाल श्रमिकलाई काममा लगाउन नहुनेमा जोड दिए ।

    श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाल श्रमिकका हकहितलाई जोड दिएर काममा लगाउन सुझाव दिए । तनहुँमा होटल धेरै भएकाले बाल श्रमिक प्रयोग हुन सक्ने उनले बताए । ‘बाल श्रमिक प्रयोग गरेको खण्डमा कानुनले पनि छुट दिदैन्’, उनले भने । बालश्रम निषेध गर्ने योजनामा रहेको ढकालको भनाई छ ।

    शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्लेले बाल श्रमिकको प्रयोग गर्नु दण्डनिय रहेको बताए । तनहुँका होटल व्यवसायीले अब श्रम ऐन लागु गर्नुपर्नेमा उनले जोड दिए । व्यवसायबाट आर्जेको मुनाफा सामाजिक क्षेत्रमा समेत लगाउनुपर्ने वडाध्यक्ष वाग्लेले उल्लेख गरे ।

    होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दुर्गाविलास भट्टराईले बाल श्रमिकलाई संग्लन नगराउन व्यवसायी समक्ष अनुरोध गरे । अहिलेसम्म बाल श्रमिकलाई काममा लगाएको भएपनि उद्धार गरेर अभिभावकको जिम्मा लगाइदिन उनको आग्रह छ ।

    होटल व्यवसायी संघ तनहुँमा आबद्ध होटल व्यवसायीलाई श्रम तथा रोजगार कार्यालय पोखराका अधिकृत लक्ष्मण बरालले श्रमका प्रकार, श्रम ऐन लगायतका विषयमा सहजिकरण गरेका थिए । उनले १४ बर्ष मुनीका बालबालिकालाई श्रममा लगाउदा तीन महिना कैद वा १० हजार रुपैयाँ जरिवाना र दुवै कारबाही हुन सक्ने बताए । रोजगारदाताले श्रमिकसँग सम्झौता गरेर मात्र काममा लगाउनुपर्ने उनको सुझाव थियो ।