अरनिकोका पूर्व प्रअ अधिकारीद्वारा बुबाआमाको स्मृतिमा छात्रवृत्ति कोष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अरनिकोका पूर्व प्रअ अधिकारीद्वारा बुबाआमाको स्मृतिमा छात्रवृत्ति कोष

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७९, आईतवार

    दमाैली । तनहुँको भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चक्रबहादुर अधिकारीले बुबाआमाको स्मृतिमा उक्त विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । अधिकारीले बुबा सन्तबहादुर र आमा मधुमाया अधिकारीको स्मृतिमा सन्तबहादुर–मधुमाया अधिकारी स्मृति छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।

    छात्रवृत्ति कोष स्थापनाका लागि अधिकारीले विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार साहलाई आइतबार ५१ हजार एक सय ५१ को चेक हस्तान्तरण गरेका छन् । आफैले १९ वर्षसम्म अध्यापन गराएको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य स्वरुप कोष स्थापना गरेको अधिकारीले जानकारी दिए ।

    विद्यालयका प्रधानाध्यापक साहले अक्षयकोषबाट प्राप्त हुने व्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताए ।

    अधिकारी उक्त विद्यालयको संस्थापक प्रधानाध्यापक समेत हुन् । उनले विसं २०५० सालसम्म उक्त विद्यालयमा अध्यापन गराएका थिए ।

    अधिकारीले विसं २०७८ पुस १४ गते भानु नगरपालिका–१३ सम्जुरस्थित जनसहयोगी माविमा श्रीमती मनुजा अधिकारीकाे पिता तत्कालिन जिल्ला पञ्चायतका सदस्य एवं समाजसेवी स्व.प्रताप सिंह थापा र आमा स्व. मैयाँ थापाकाे स्मृतिमा रु ५१ हजार एक सय ५१ को छात्रवृत्ति कोष स्थापना गरेका थिए । त्यस्तै उनले अघिल्लो वर्ष व्यास–१ स्थित जलदेवी माविमा तीन जना बालबालिकालाई भर्ना गरेर पढ्ने व्यवस्था मिलाइदिएका थिए ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।