विश्व आदिवासी दिवसमा व्यासमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व आदिवासी दिवसमा व्यासमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७९, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    उक्त दिन नगरपालिकाका अन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए।

    आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले उक्त दिन जिल्लाका दशवटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । नगरपलिकाले उक्त दिन सार्वजनिक बिदा दिएकामा परिषद्की अध्यक्ष बसुन्धरा घर्तीले धन्यवाद ज्ञापन गरिन् ।

    कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७९÷८० का बजेट कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई जिम्मा दिने निर्णय गरेको छ ।

    नगरपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सयुक्त बैठक राखी एसइइको नतिजाको विश्लेषण गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए।

    व्यास नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टर र सबै वडाहरुमा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा भदौ १ गतेदेखि निःशुल्क प्रदान गर्ने निर्णय गरिएको छ ।

    बैठकले महालेखा परीक्षक कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा छलफल गरी बेरुजु फर्छ्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।