विश्व आदिवासी दिवसमा शुक्लागण्डकीमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व आदिवासी दिवसमा शुक्लागण्डकीमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७९, सोमबार

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले विश्व आदिवासी जनजाति दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले साेमबार प्रेस विज्ञप्ती जारी गरी आदिवासी दिवसको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    नगर कार्यपालिकाका कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, सबै विद्यालय, नगर क्षेत्रभित्र सञ्चालित बैङ्क तथा वित्तीय संस्था, निजी सङ्घसंस्था र निकायमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए।

    पण्डितले विश्व आदिवासी जनजाति दिवसको अवसरमा सम्पूर्ण आदिवासी जनजातिहरुलाई शुभकामना समेत व्यक्त गरेका छन् ।

    यसअघि व्यास नगरपालिकाले पनि विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।