


दमाैली । तनहुँको देवघाट गाउँपालिकाले करारका कर्मचारी हटाएर पुनः करारमै कर्मचारी भर्ती गर्ने भएको छ । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि करारका कर्मचारीलाई हटाएर फेरि करारमै कर्मचारी भर्ती गर्न लागिएको हो ।
गाउँपालिकाले साउन १ गतेबाट करारका कर्मचारीको नवीकरण गरेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारका कर्मचारी नहटाउन आग्रह गरेपनि गाउँपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले सूचना समेत प्रकाशित गरेको छ ।

गाउँपालिकामा सूचना प्रविधि अधिकृत, कृषि अधिकृत, पशु चिकित्सक, रोजगार संयोजक, रोजगार सहायक, प्राविधिक सहायक, सव इन्जिनियर, कृषि प्राविधिक सहायक, अहेव, कार्यालय सहयोगी लगायतका कर्मचारी करार सेवामा नियुक्तिको तयारी गरेको छ ।

सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।