बसको ठक्करबाट घाइते बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बसको ठक्करबाट घाइते बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७९, सोमबार

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको साेमबार उपचारका क्रममा मृत्यु भएको हो ।

    उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। ग१क ३०३४ नंको बसको ठक्करबाट बाटोमा हिँडिरहेका तामाङ गम्भीर घाइते भएका थिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।