बैठककै नबसी पालिकाद्वारा बिदाको घोषणा, वडाध्यक्ष नै अचम्मित !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बैठककै नबसी पालिकाद्वारा बिदाको घोषणा, वडाध्यक्ष नै अचम्मित !

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७९, मंगलवार

    दमौली । तनहुँका अधिकांश पालिकाले बैठक नै नबसी कार्यपालिकाको बैठक भन्दै सार्वजनिक बिदाको घोषणा गरेका छन्। विश्व आदिवासी जनजाति दिवसको अवसरमा यहॉका पालिकाले कार्यपालिका बैठक नै नबसी कार्यपालिकाको निर्णय भन्दै विदा घोषणा गरेका हुन् ।

    भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिकाले बैठक नै नबसी एकल निर्णयका आधारमा बिदाको घोषणा गरेको पाइएको छ । देवघाट र बन्दीपुर गाउँपालिकाले त मंगलबारको बिदा मंगलबार नै १० बजेतिर सामाजिक सञ्जाल मार्फत् जानकारी गराएको छ ।

    बन्दीपुर गाउँपालिकाले कार्यपालिकाको बैठकको निर्णय अनुसार बिदा दिएको भनी सूचना प्रकाशित गर्दा वडाध्यक्ष ध्रुवप्रसाद लामिेछाने चकित परेका छन् ।

    बन्दीपुर-५ का वडाध्यक्ष लामिछानेले बैठक नै नबसी बैठकको निर्णय भन्नु आपत्तिजनक रहेको बताए । उनले भनेका छन्, ‘१०.३० मा सुचना, के नाटक हो यो पालिकाको ? २३ गते को कार्यपालिका बैठकनै नबसी बैठक को निर्णय भन्नु घोर आपत्ति जनक छ। जे मन लाग्यो त्यै गर्न मिल्छ ?’