युवाका लागि प्रेरणादायी कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवाका लागि प्रेरणादायी कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७९, मंगलवार

    दुलेगौडा । लायन्स क्लव अफ खैरेनीटार दुलेगौंडा मन्त्रले युवाहरुका लागि प्ररणदायी कार्यक्रम संञ्चालन गरेको छ । सोमबार दुई क्लबले बार्षिक कार्यक्रम अन्र्तगत रहेर संयुक्त रुपमा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीलाई अभिमुखिकरण गराएको हो ।

    कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) हरेक व्यक्तिमा किताबी ज्ञान संगसंगै बाहिरी ज्ञान हुनु अति आवश्यक रहेको बताए । पछिल्लो समयका युवा पुस्ताले अग्रजलाई केही गरेन भने गालि गर्ने प्रवृत्ति बढी रहेको बताए । उनले अग्रजलाई गालि गरेर होईन अग्रजलाई सम्मान गरेर विगतका ज्ञान, सिप हस्तान्तरणमा गर्नका निम्ति लागि पर्न सल्लाह दिए । ‘पछिल्लो समय युवाहरुले अग्रजलाई हरेक कुरामा गालि गरिरहेको अवस्था छ । अग्रजलाई गालि गरेर होईन उहाँहरुलाई सम्मान गर्न जान्नु पर्छ । उहाँहरुसंग भएको ज्ञान, सिप, दक्षता, अनुभव पुस्तान्तरण गर्न सहयोगि भुमिका खेल्न जरुरी छ’ उनले भने ।

    तालिममा प्रशिक्षकको रुपमारामभक्त घिमिरे , अमृत कुमार भट्टराई, विद्याधर त्रिपाठी, विकास बरुवाल क्षेत्री, रहेका थिए । उनीहरुले युवाहरुलाई लागूऔंषध दुव्र्यसनी, व्यक्तित्व विकास, सार्वजनिक भाषण, नेतृत्व विकास, सञ्चार सिप लगायतका बिषयमा अभिमुखिकरण गराईएको थियो ।

    लयन्स क्लबका अध्यक्ष नारायण पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोन चियर पर्सन सुजित हिराचन, क्याम्पस प्रमुख रमेश अधिकारी,प्राध्यापक पशुपति अर्याल ,सम्झना भट्टराई , लायन्स सुन्दर बस्याल, पिताम्बर तिमिल्सेना, गणेश ढकाल, प्रमोद लामिछाने,प्रज्वल गुरुङ, धिरज खत्री लगायतको उपस्थिती रहेको थियो ।