दमौली । बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तनहुँमा पनि नासु कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले मंगलबार केही बेर काम रोकेका हुन्।
आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयका नासु कर्मचारीले केही बेर आन्दोलन गरेका हुन् ।
असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् । उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।