चितवन–३ बाटै चुनाव लड्ने प्रचण्डकाे घाेषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवन–३ बाटै चुनाव लड्ने प्रचण्डकाे घाेषणा

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७९, मंगलवार

    काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।

    पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् ।

    पत्रकारले कास्की वा चितवनमध्येबाट कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने, ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४/५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला । बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ । किनकी मैले भनेको छु, म एउटा राष्ट्रिय लिडरको हैसियतले देशभरीको विकास र देशभरीको समृद्धि नै सोच्छु मैले । देशको केन्द्रविन्दुमा भएको र विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएको हुनाले देशैभरीलाई एउटा सन्देश जाओस् भनेर पनि मैले चितवनलाई महत्व दिइराखेकै छु ।’