उच्च अदालतको न्यायाधीश बन्न २७९ को आवेदन, तनहुँका सात जना (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उच्च अदालतको न्यायाधीश बन्न २७९ को आवेदन, तनहुँका सात जना (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७९, मंगलवार

    दमौली । उच्च अदालतको न्यायाधीश बन्न २७९ जनाको आवेदन परेको छ। न्याय परिषदको सचिवालयले आवेदन दिएका व्यक्तिको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

    साउन ११ गतेदेखि एक साताको म्याद दिएर आह्वान गरिएकोमा २७९ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा कानुन व्यवसायी सबैभन्दा धेरै छन्।

    यस्तै, जिल्ला न्यायाधीश, न्याय समूहका कर्मचारी, सरकारी वकिल, कानुन समूहका कर्मचारीले पनि उच्च अदालतको न्यायाधीशका लागि आवेदन दिएका छन् ।

    नयाँ मापदण्ड अनुसार पहिलो पटक उच्च अदालतका न्यायाधीश नियुक्त हुन लागेका हुन्। यसअघि नयाँ निर्देशिका अनुसार जिल्ला न्यायाधीश नियुक्ती गरिएको थियो। 

    अब यी आवेदकहरुको छानविन गरिनेछ। परिषदले छानबिन गरेर न्यायाधीशका लागि योग्य व्यक्तिको सूची सार्वजनिक गर्नेछ। त्यसपछि उजुर बाजुर भए गर्न सकिनेछ। 

    तनहुँका सातको आवेदन

    उच्चको न्यायाधीश बन्नका लागि तनहुँका सात जनाले आवेदन दिएका छन् । रा.प. प्रथम भीमकुमार श्रेष्ठ, कानून व्यवसायी गीता आचार्य, जिल्ला न्यायाधीश शिवबहादुर रानाभाट, कानून व्यवसायी यज्ञबहादुर राना, अध्यापक राम घिमिरे, कानून व्यवसायी शिवबहादुर सुनार र जिल्ला न्यायाधीश अर्जुन अधिकारीले उच्च अदालतको न्यायाधीशका लागि आवेदन दिएका छन् ।