तनहुँका दुवै संघीय क्षेत्र र दुई प्रदेश क्षेत्रमा कांग्रेसको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दुवै संघीय क्षेत्र र दुई प्रदेश क्षेत्रमा कांग्रेसको दावी

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०७९, बुधबार

    दमौली । नेपाली कांग्रेसले तनहुँका दुवै संघीय क्षेत्रमा दावी गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले दुवै क्षेत्र अरुका लागि छाड्न नसकिने जनाएको छ ।

    तनहुँ-१ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने करिब निश्चित भएको छ। तनहुँ-२ मा भने कांग्रेसका तर्फबाट को उम्मेदवार बन्ने भन्ने टुंगो छैन ।

    कांग्रसेले गठबन्धनका सहयात्री दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका लागि संघीय क्षेत्र छाड्न नसकिने जनाएको छ ।

    यस्तै चार प्रदेश सभा क्षेत्रमध्ये दुई क्षेत्रमा कांग्रेसको दावी छ । कांग्रेसले तनहुँ १ (क) र तनहुँ २ (ख) मा दावी गरेको छ । तनहुँ १ (ख) र तनहुँ २ (क) माओवादीका लागि छाड्ने कांग्रेसको तयारी छ ।