सामुदायिक वन दिवसमा ज्यानटाङ हरितपार्कमा वृक्षारोपण (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामुदायिक वन दिवसमा ज्यानटाङ हरितपार्कमा वृक्षारोपण (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७९, बुधबार

    म्याग्दे । सामुदायिक वन दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ पधेंरा खोला सामुदायिक वनमा बुधबार वृक्षारोपण गरिएको छ । सामुदायिक वनभित्र निर्माण गरिएको हरितपार्कभित्र विभिन्न प्रजातिका दुई सय बिरुवा रोपिएको हो ।

    हरित पार्कलाई हरियाली बनाउन विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, डिभिजन वनका प्रमुख कोमलराज काफ्ले सहित कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरुले सो अवसरमा बिरुवा रोपेका थिए ।

    May be an image of 6 people, people standing, tree and outdoors

    कार्यक्रममा समन्वय समितिका प्रमुख वाग्लेले सामुदायिक वनले नेपालको प्रख्याती विश्वमाझ कमाएको चर्चा गर्दै त्यतिले मात्र सन्तुष्ट हुने अवस्था नरहेको बताए। वाग्लेले सामुदायिक वनबाट आम्दानीको स्रोत वृद्धि गर्नुपर्नेमा सुझाव दिए। वनलाई समृद्धिसँग जोड्नुपर्ने बताउँदै वाग्लेले सामुदायिक वनमा स्थानीयको संरक्षण सराहनीय रहेको बताए ।

    May be an image of 6 people, people standing and outdoors
    May be an image of 7 people, people sitting, people standing, tree and outdoors

    म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठले वनलाई आम्दानीको स्रोत बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । उनले वनबाट वन समूहका उपभोक्ताको आयस्तर वृद्धिगर्र्ने तर्फ लाग्न सुझाव दिए ।

    May be an image of 6 people, people standing and outdoors

    म्याग्दे गाउँपालिकाका उपाध्यक्ष घिमिरेले सामुदायिक वन जोगाउन स्थानीयको अपनत्व जागृत गराउनुपर्ने बताए।

    May be an image of 3 people, people standing, tree and outdoors

    डिभिजन वन प्रमुख काफ्लेले नेपालको वन व्यवस्थापन विश्वकै उत्कृष्ट रहेको र वन संरक्षणमा स्थानीयको योगदान रहँदै आएको बताए। वनलाई समृद्धिसँग जोडेर आयआर्जन गर्नेतर्फ लाग्नुपर्ने बेला आएको उनले बताए ।

    May be an image of 8 people, people standing, tree and grass
    May be an image of 11 people, people standing, tree and outdoorsMay be an image of 12 people, people standing, tree and outdoors