दमाैली । बाह्मण समाज तनहुँले जनैपूर्णिमाको दिन शुक्रबार व्यास नगरपालिका–३ स्थित अनशन चौतरी दमौलीमा सामूहिक रक्षा बन्धन गर्ने भएको छ ।
जातीय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्धेश्यले सामूहिक रक्षा बन्धन गर्ने निर्णय भएको बाह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए। गत वर्ष पनि समाजले सामूहिक रक्षा बन्धन कार्यक्रम राखेको थियो ।
सामाजिक एवं जातीय सद्भावका साथै सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सामूहिक रक्षाबन्धन गर्न लागिएको ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले बताए ।
सामाजिक त्रुटिको रुपमा रहेको जातीय विभेद्को अन्त्यको लागि टेवा पुग्ने हुँदा सामूहिक रक्षा बन्धन कार्यक्रम राखिएकाे समाजले जनाएकाे छ ।