धयरेमा माइक्रो दुर्घटना : १४ यात्रु घाइते (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धयरेमा माइक्रो दुर्घटना : १४ यात्रु घाइते (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा आज बिहान माइक्रो दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो दुर्घटनामा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइतेमध्ये सात महिला र सात पुरुष रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । माइक्रो बस आफै अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङको ठोक्किद १५ फिट अल खसेको थियो ।

    No description available.

    घाइतेमध्ये विमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माइक्रो चालक जीवन जीवन आलेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

    No description available.