कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम सुरु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि साेमबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

    पाटीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले उदघाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै सिट पाउनुभन्दा धेरै सिटमा जित्नु ठूलो कुरा भएको बताए ।

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा मेयर-उपमेयर तथा अध्यक्ष-उपाध्यक्षहरुको सहभागिता छ । उनीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने छन् ।

    अभिमुखीकरणका कारण कांग्रेसले निर्वाचन केन्द्रित देशव्यापी अभियानलाई छोट्याएको छ । ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि सुरू गर्ने भनिएको अभियान एक साता पछि सारेको छ । चुनावी अभियान अब भदौ १० गतेदेखि सुरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।