गठबन्धन दलमा यस्ताे छ सिट बाँडफाँटका आधार !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गठबन्धन दलमा यस्ताे छ सिट बाँडफाँटका आधार !

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठकले मंसिर ४ को निर्वाचनमा सिट बाँडफाँट गर्दा के कसरी गर्ने भन्ने खाका बनाउन थालनी गरेको छ। साेमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्ड बनाउँदा २०७४ सालको निर्वाचनको समानुपातिक मत र वैशाखमा भएको स्थानीय तहको मतलाई आधार बनाउने तयारी गरेको छ। 

    ‘आज कार्यदलको बैठक बस्यो। चाँडैभन्दा चाँदै गृहकार्य पुरा गर्न कामहरुलाई व्यवस्थित रुपले अघि बढाउँदै छौँ,’ कार्यदलका सदस्य तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सिट बाँडफाँटको मापदण्ड बनाउँदा २०७४ को समानुपातिक मत, २०७९ स्थानीय तहको मतको आधार बनाउने एक खालको सहमति भएको छ।’ 

    कार्कीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले २०७४ को निर्वाचन नलडेको कारण त्यसलाई सम्बोधन गर्ने गरी अर्काे मापदण्ड पनि बनाइने जानकारी दिए।  उनले कार्यदलभित्रै सिट बाँडफाँटको कुरा टुंग्याएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी भइरहेको पनि बताए।