दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सबै नेताहरुको व्यवस्थापन नभएसम्म चुनाव जित्ने वातावरण नभएको बताएका छन् । काठमाडौमा एक टेलिभिजनसँगको अन्तरवार्तामा भण्डारीले सबै नेताहरुको व्यवस्थापन गरेर जान सके मात्रै तनहुँका सबै क्षेत्रमा जित हासिल गर्न सकिने बताए ।
‘तनहुँमा पॉच जना केन्द्रीय सदस्य छौ, हामी भन्दा अग्रज नेता पनि हुनुहुन्छ, तनहुँमा फेरि वर्गीय कुरा पनि छ,’ उनले भने, ‘सबैको व्यवस्थापन गर्न सक्नुपर्छ । सबैलाई मिलाउनुपर्छ । नत्र चुनाव जित्ने वातावरण छैन ।’
भण्डारीले निर्वाचनमा आफ्नो पनि उम्मेदवारी स्वभाविक भएको बताए।