भानुमा खादा निषेध गरिएकामा तामाङ समुदायको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा खादा निषेध गरिएकामा तामाङ समुदायको विरोध

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७९, मंगलवार

    दमौली । तनहुँको भानु नगरपालिकामा खादा निषेध गर्ने निर्णयको तामाङ समुदायले विरोध जनाएका छन्। गत जेठ २४ गतेको कार्यपालिका बैठकले खादा निषेध गर्ने निर्णय गरेकामा तामाङ समुदायले विरोध जनाएका हुन् ।

    यो निर्णयले तामाङ समुदायलाई मात्र नभई सम्पूर्ण बौद्ध धर्मावलम्बीलाई दबाउने प्रयास भएको भानु निवासी रेशम तामाङले बताए । ‘हामी बौद्ध धर्मावलम्बीलाई यो निर्णय मान्य छैन,’ उनले खबरपुञ्जसँग भने, ‘यो निर्णय फिर्ता हुनुपर्छ ।’

    उनले खादा लगाउने नलगाउने व्यक्तिको इच्छाको कुरा भएकाले रोक लगाउन नहुने बताए ।