मंसिर ४ को चुनावमा भाग लिन ८४ दलको आवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मंसिर ४ को चुनावमा भाग लिन ८४ दलको आवेदन

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७९, मंगलवार

    काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ८४ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।

    आवेदन दिएकामध्ये ८२ वटा दल दर्ता भइसकेको र दुई वटा दर्ताको प्रक्रियामा रहेको आयोगका क अधिकारीले जनाएका छन् । ८४ दलभित्रकै कतिपय दलले अर्को दलसँग एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न आवेदन दिएका छन् । एउटै चुनाव चिह्नमा चुनाव लड्न चाहने समूह चार वटा रहेको आयोगले जनाएको छ ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दल दर्ताका लागि साउन २२ गतेदेखि साउन ३१ गते कार्यालयसमयसम्मको समयसीमा निर्धारण गरेको थियो । तोकिएको समयमा ८४ वटा राजनीतिक दलले आवेदन दिएका हुन् ।

    नेपालको संविधानको धारा २७१ मा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका थिए । तीमध्ये आउँदो चुनावमा भाग लिन ८४ वटा दलले आवेदन दिएका हुन् ।