काठमाडौं । न्याय परिषद्को बैठकले २१ जनालाई जिल्ला न्यायाधीशका लागि सिफारिस गरेको छ । मङ्गलवार बसेको परिषद्को बैठकले छोटो सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिसमा परेकामध्ये टेकबहादुर कार्कीको नाम पहिलो नम्बरमा रहेको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता हुन् ।
त्यसै गरी दोस्रो नम्बरमा सिफारिस भएका प्रकाश कोइराला पनि महान्यायाधिवक्ता कार्यालयकै उपमहान्यायाधिवक्ता हुन् । सिफारिसको अन्तिम नम्बरमा भगवती शर्माको नाम रहेको छ । उनी सर्वोच्च अदालतकी इजलास अधिकृत हुन् ।