रवि लामिछानेको चुनाव चिन्ह ‘घण्टी’ लाई लिएर अतिरञ्जना !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रवि लामिछानेको चुनाव चिन्ह ‘घण्टी’ लाई लिएर अतिरञ्जना !

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७९, मंगलवार

    दमौली । नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष ताज मोहम्मद मियॉले सामाजिक सञ्जालमा लेखे, ‘मस्जिद भित्रको प्राङ्गणमा मुस्लिम समुदायले घण्टी बजाए, के यस्तो कार्य समुदायले पचाउन सक्ला ?’

    उनको उक्त स्ट्याटस उनी निकट पार्टीका कार्यकर्ताले पनि शेयर गरे । रवि लामिछानेको चुनाव चिन्ह घण्टीलाई लिएर सामाजिक सञ्जालमा अतिरञ्जित गरियो ।

    वास्तवमा मस्जिदभित्र घण्टी बजाइएको थिएन । लामिछानेले आफ्नो पार्टीको चुनाव चिन्हको प्रचार गरेका थिए ।

    कुरा, केही समय अगाडीको हो । लामिछानेले पोखरामा आयोजित कार्यक्रममा जाने क्रममा दमौलीका मुस्लिम समुदायका व्यक्तिसँग भेट्न चाहेका थिए । अन्य नेताको जस्तै उनले पनि नुरी हन्फी जामे मस्जिदको बाहिरपट्टी भेटघाटको अवसर पाए ।

    त्यसक्रममा लामिछानेले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई ‘घण्टी’ चुनाव चिन्हमा मत दिन आग्रह गर्दै घण्टी प्रदर्शन गरेका थिए ।

    त्यही विषयलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक प्रचारप्रसार गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए । ‘सबै पार्टीका नेताहरु हामीलाई भेट्न आउनुहुन्छ, लामिछाने पनि आउनुभयो, भोट माग्नुभयो, यसमा नराम्रो कुरा त केही छैन,’ उनले भने, ‘बुझेकै मान्छेहरुले फेसबुकमा अनावश्यक हल्ला फिजाएँ ।’

    दमौलीका मुस्लिम युवाहरुले ताज मोहम्मद मियाले अनावश्यक भ्रम फैलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।