इस्काेन तनहुँले श्रीकृष्ण जन्माष्टमी महाेत्सव गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    इस्काेन तनहुँले श्रीकृष्ण जन्माष्टमी महाेत्सव गर्ने

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७९, मंगलवार

    दमाैली । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) दमौली शाखाको आयोजनामा श्रीकृष्णजन्माष्टमी महामहोत्सव गरिने भएको छ । कृष्णअष्टमीको अवसर पारेर व्यास नगरपालिका- ४ संगम टोलमा रहेको संघको कार्यालयमा महामहोत्सव गर्न लागिएको इस्कोन दमौली शाखाका अध्यक्ष रसमण्डल दासले बताए । भाद्र ३ गते शुक्रवार दिउसो १२ बजेदेखि राती १२ बजेसम्म कार्यक्रम हुने अध्यक्ष दासको भनाई छ ।

    उक्त अवसरमा हरिनाम संकृतन सहित नगर परिक्रमा गरिने संघका सदस्य इन्जिनियर सुशील खनालले जानकारी दिए । कार्यक्रमको अवसरमा हरिनाम संङ्कीर्तन, कृष्ण कथा लिला, कृष्ण झुला, औपचारिक कार्यक्रम अभिषेक, दीपदान, प्रसाद वितरण लगायतका कार्यक्रम हुने संघका सचिव प्रमोद न्यौपानेले भनाई छ ।

    ४ बेद १८ पुराणका रचयिता वेदव्यास क्षेत्रलाई विश्वमाझ प्रचारप्रसार एवं आध्यत्मिक जागरणको लागि कार्यक्रम गर्न लागिएको हो । संघले यस वर्षको श्रीकृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रममा सहभागी हुने दमौलीबासी एवं भक्तजनमा आग्रह समेत गरेको छ । गतवर्षहरुमा कष्णजन्माष्टमीमा दमौलीमा विशेष कार्यक्रम नहुने भएको कारणले कृष्ण जागरण फैलाउनको लागि यस वर्षबाट कार्यक्रम आयोजना गरेको इस्कोन दमौली शाखाले जनाएको छ ।