रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७९, बुधबार

    काठमाडौ । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा  सहभागी नहुने भएको छ । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार मंसिरमा हुन लागेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष लामिछानेले एक भिडियो सन्देशमार्फत जनाएका छन् ।

    लामिछानेले अहिलेको संरचना सुधार गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन् । आफूहरु त्यस व्यवस्था विरुद्ध नभइ प्रदेशसभाको निर्वाचनमा मात्रै सहभागी नहुने समेत उनले बताएका छन् ।

    ‘यस  पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने  भएको छ। यो निर्वाचनमा हाम्रो उम्मेदवारी,मात्र  संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ । यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन,’ उनले भनेका छन्,  ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं ।’