दमौली । व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा बुधबारदेखि नियमित पूजा सुरु भएको छ । साउन महिनाभर पूजा बन्द रहेको मन्दिरमा आजदेखि पूजा सुरु भएको हो ।
छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले पूजा नियमित भएसँगै भक्तजन आउने क्रम सुरु भएको जानकारी दिए ।