मुस्ताङ । मुस्ताङमा पहिलो पटक प्रसुती गराइएको छ । जिल्ला अस्पताल मुस्ताङमा शल्यक्रिया मार्फत् पहिलो पटक प्रसुती गराइएको हो ।
डा कुन्दन कर्ण, डा बिशाल तिबारी, डा राजिब सापकोटा, स्टाफ नर्श निता घर्ती मगर, सुनिता श्रीमल र कार्यालय सहयोगी सनिलाल परियार लगायतको टिमले प्रसुती गराएको हो ।
आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी दिए।