राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन तनहुँमा कंडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन तनहुँमा कंडेल

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७९, बुधबार

    दमाैली । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन तनहुँको अध्यक्षमा लीलावती कंडेल चयन भएकी छन् । संगठनको बुधबार दमौलीमा सम्पन्न जिल्ला भेला तथा अधिवेशनबाट कंडेलको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो ।

    जसको उपाध्यक्षमा नानुमाया बस्नेत, मिना सुनार, टीकादेवी दुरा, सचिवमा रमिता थिङ (तामाङ), सहसचिवमा नारायणवंशी ठकुरी, देवकी सापकोटा र कोषाध्यक्षमा सपना सुनार चयन भएकी छन् ।

    सदस्यहरुमा चन्द्रकला थापा, शारदा पिया, सुनिता गुरुङ कुमाल, पूजा लामा, कला राई, निर्मला दमाई, मञ्जना घलान, तुलसा सुनार, सरिता दरै, सुस्मिता बजगाइ, निर्मला भट्ट (आचार्य), मिना सुनार श्रेष्ठ, भगवती पौडेल, छुनु मल्ल ठकुरी, शर्मिला सेन ठकुरी, शशी मल्ल र प्रिय श्रेष्ठ चयन भएकी छन् ।

    कार्यक्रममा महिला संगठनकी केन्द्रीय अध्यक्ष अन्जना शाह रावल, पार्टीका केन्द्रीय सदस्य गौमाया श्रेष्ठ, शोभा गुरुङ, प्रदेश उपाध्यक्ष चन्द्रावती पन्थ, प्रदेश सदस्य सीता थापा, जिल्ला अध्यक्ष विनोद घर्ती लगायतले बोलेका थिए ।